Posts

Showing posts from May, 2026

सेतो फलामे चरा र छोराको निर्दोष आँखा

Image
   आर आर हरिकृष्ण जोशी नीलो आकाशको छाती चिर्दै सुस्तरी अघि बढिरहेको त्यो सेतो फलामे चरालाई देखाउँदै जब छोराले आफ्नो अबोध स्वरमा सोध्यो बाबा त्यो प्लेनमा बस्ने , उड्नेहरू त सबै धनी होलान् है < उसको यो निर्दोष प्रश्नले मेरा ओठहरू अचानक निशब्द भए र मनको कुनै कुनामा एउटा गहिरो भावुकता पग्लिएर आयो । क्षितिजमा बिलाउन लागेको त्यो जहाज जस्तै मेरो मन पनि कता कता हराउन पुग्यो । उसका ती कलिला आँखामा आकाश छुने रहर त थियो तर भुइँको कठोर यथार्थ र जीवनका बाटाहरू बुझ्न अझै धेरै बाँकी छ । मैले उसलाई आफ्नो नजिकै तानेर टाउको सुमसुमाय र आकाशतिरै हेर्दै अत्यन्तै मधुर स्वरमा भने होइन बाबु , त्यो बादलमाथि उड्ने सबै मानिस धनी हुँदैनन् । मेरो कुरा सुनेर उसले अचम्म मान्दै आफ्ना ठूला ठूला आँखा मतिर फर्कायो । सायद उसको बालमस्तिष्कले सोच्दै थियो कि त्यति भव्य र सुन्दर साधनमा यात्रा गर्नेहरू कसरी गरिब हुन सक्छन् र < मैले उसको साना हातहरूलाई आफ्ना हत्केलामा बेर्दै अगाडि थपे बाबु , त्यो जहाजभित्र बस्ने कतिपय मानिसहरू त आफ्नो गाउँघर , बिरामी बुढा बाबु आमा र तिमीजस्तै मुटुका टुक्रा जस्ता छ...

जीवनको बिरालो र मोहको जञ्जाल

Image
                आर. आर हरिकृष्ण जोशी  एकजना वृद्ध तपस्वी संसारका सम्पूर्ण सुख, सम्बन्ध र मोह त्यागेर वनबास गएका थिए । उनको उद्देश्य केवल ईश्वरको चिन्तन र आत्मशान्ति प्राप्त गर्नु थियो तर आश्रममा मुसाहरूले दुःख दिन थालेपछि उनले मुसा धपाउन एउटा बिरालो पाले । बिरालोलाई दूधको आवश्यकता परेपछि उनले एउटा गाई ल्याए । गाई त आयो तर त्यसको गोठधन्दा र स्याहारसुसार गर्ने झन्झट थपियो । वृद्धले गाई पालेपछि गाउँलेहरूलाई अर्कै चिन्ताले सतायो भोलि वृद्ध तपस्वी बिरामी भएको खण्डमा गाईको स्याहार कसले गर्छ ? गाईको स्याहार नभएपछि गाई मर्छ र त्यसको पाप हामीले भोग्नु पर्दछ र यस्तो पाप हामीले भोग्नुहुदैन भनेर गाउँलेहरूले ती वृद्ध तपस्वीको गाउँकै एक एकल महिलासँग लगनगाँठो कसिदिए । अनि त के थियो र ? केही वर्षपछि वृद्ध संन्यासी आश्रममै लालाबालाको पिता बने । समयक्रममा उनी मरणासन्न अवस्थामा पुगे । गाउँलेहरूले बिदा हुने बेला आफूहरूलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने ‘सबैथोक गर्नु  तर बुढेसकालमा बिरालो झुक्किएर पनि नपाल्नु । त्यही बिरालो पाल्ने रहरले  म पा...