Posts

Showing posts from April, 2026

अहंकारको मूल्य र प्रकृतिको न्याय

Image
    प्रकृतिको आफ्नो एउटा सुन्दर नियम छ जहाँ प्रत्येक प्राणीको आफ्नै अस्तित्व छ , आफ्नै भूमिका छ तर जब मानिसले आफ्नो अहङ्कारको रापमा परेर प्रकृतिको त्यो कोमल सन्तुलनलाई भत्काउन खोज्छ तब नियतिले नसोचेको मूल्य चुकाउन बाध्य हुनुपर्दछ । सन् १९५८ को चीनको त्यो अध्याय अझै पनि इतिहासको एउटा पीडादायी आँसु बनेर उभिएको छ। जब चिनमा भँगेरा हरूलाई त्यहा वाट निर्मुल पार्न लगाईयो तब चिनियाँ आकाशबाट चहकिला र अबोध ती पन्छी सदाका लागि हराए।  निलो आकाश अब शान्त मात्र होइन , सुनसान भयो—जहाँ पहिले चिरबिरले जीवनको ताल दिन्थ्यो , त्यहाँ अब मौनताले डेरा जमायो। मानौं , त्यो धर्तीले आफ्नै स्वर गुमायो , आफ्नै गीत हरायो। तर , केही समयपछि नै धर्तीले त्यो गल्तीको सजाय सुनाउन थाल्यो । भँगेराहरू जो अन्नको सुरक्षाका लागि सिपाही बनेर खटिएका थिए जब तिनको रगतले माटो भिजेको थियो तब बाली खाने किराहरूले आफ्नो साम्राज्य फैलाए। फाँटहरूमा सुनौलो धानको सट्टा अनिकालको कालो बादल मडारियो। त्यही भँगेरा जसलाई निर्मुल बनाउदा मानिसहरूले उत्सव मनाएका थिए समयको अन्तरालमा   तिनकै अभावमा मानिसहरू भोकभोकै ...