Posts

Showing posts from June, 2023

धर्म आस्था हो दुस्मनी होईन ।

Image
(RR)  हरिकृष्ण जोशी                                                                                              एक दिन गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा आज मलाई मान्छेको मासु खान मन लागेको छ भनेपछि गिद्धका बा भुर्रर्र उडेर गए र केही समय पछि मासु लिएर आए । बच्चाले सोध्यो– के को मासु हो यो बा ? बाले उत्तर दिए–गाईको । बच्चाले मलाई मान्छेकै मासु चाहीन्छ भनेपछि गिद्ध बा फेरी उडेर जान्छन र धेरै ठाउमा खोज्दा पनि मान्छेको मासु फेला नपरे पछि उनले सुँगुरको मासु ल्याएर दिन्छन तर गिद्धको बच्चाले त्यो पनि खान मानेन र साह्रै जिद्धि गरेपछि उसले जुक्ती लगाउछ र आपूmले ल्याए मध्येको एक टुक्रा सुँगुरको मासु मस्जिदमा र अर्को टुक्रा गाईको मासु मन्दिरमा लगेर खसालीदीन्छ । त्यसपछि त के चाहियो र एक धर्मका मानिसले अर्को धर्मका मानिसलाई दोष लगाउदै एक आपसमा काटमार शुरु गरे त्यही मौका छोपी गिद्धका बाले आफनो बच्चालाई मागे जतीनै मान्छेको मासु खुआयो र बच्चाले आफनो गिद्ध बा लाई पहिला पाईएन सकिदैन भन्नुहुन्थ्यो अहिले प्रशस्त लेराए र म लगाएत परिवारमा सबैलाई खुआउनु भयो आखिर कसरी ? भनेर प्रश्न गरे पछि बा ले उत्तर दिँ