धर्म आस्था हो दुस्मनी होईन ।



(RR) हरिकृष्ण जोशी                                                                                            एक दिन गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा आज मलाई मान्छेको मासु खान मन लागेको छ भनेपछि गिद्धका बा भुर्रर्र उडेर गए र केही समय पछि मासु लिएर आए । बच्चाले सोध्यो– के को मासु हो यो बा ? बाले उत्तर दिए–गाईको । बच्चाले मलाई मान्छेकै मासु चाहीन्छ भनेपछि गिद्ध बा फेरी उडेर जान्छन र धेरै ठाउमा खोज्दा पनि मान्छेको मासु फेला नपरे पछि उनले सुँगुरको मासु ल्याएर दिन्छन तर गिद्धको बच्चाले त्यो पनि खान मानेन र साह्रै जिद्धि गरेपछि उसले जुक्ती लगाउछ र आपूmले ल्याए मध्येको एक टुक्रा सुँगुरको मासु मस्जिदमा र अर्को टुक्रा गाईको मासु मन्दिरमा लगेर खसालीदीन्छ । त्यसपछि त के चाहियो र एक धर्मका मानिसले अर्को धर्मका मानिसलाई दोष लगाउदै एक आपसमा काटमार शुरु गरे त्यही मौका छोपी गिद्धका बाले आफनो बच्चालाई मागे जतीनै मान्छेको मासु खुआयो र बच्चाले आफनो गिद्ध बा लाई पहिला पाईएन सकिदैन भन्नुहुन्थ्यो अहिले प्रशस्त लेराए र म लगाएत परिवारमा सबैलाई खुआउनु भयो आखिर कसरी ? भनेर प्रश्न गरे पछि बा ले उत्तर दिँदै भने– ‘छोरा, केही मानीसहरु आफ्नो स्वार्थ परिपुर्तीका लागी धर्मको खेती गरीरहेका छन । आफनो स्वार्थ पुर्तीका लागी यी मानीसहरु आफनै मानब जातीलाई पनि छोडदैनन यीनीहरु मार्न र मर्न पनि तयार हुन्छन र त्यसैको परिणाम स्वरुप तैले आज मानीसको मासु खान पाईस भन्छन र त्यसपछि लामो सुस्केरा हाली आफनो छोरा तिर फर्कीएर भन्छन धन्य छोरा हाम्रो कुनै धर्म छैन र हामी आफना बाट सुरक्षीत छौ ।

  अहिले हामी र हाम्रो समाजमा धर्मको नाममा विभिन्न किसिमबाट भ्रम र नकारात्मक संदेशहरु प्रवाह भईरहेका छन्।धर्मको आडमा राजनिती देखी समाजसेवा गर्नेहरुको संख्या कमी छैन सोसल मिडियामा धार्मिक ग्रुपहरु बनाएर एक धर्मका मानीसहरुले अर्को धर्म माथी प्रहार गरीरहेका छन  । धर्मको नाममा भ्रम र झुट फैलाएर आफ्नो चेष्ठा पुरा गर्न,एक धर्मका मानीसले अर्को धर्मका मानीसलाई होच्याउने,नचाहीदो अफाह फैलाएर एक आपसमा भिडाउने,डर,लोभ देखाएर यताका उता र उतको यता ल्याउने लैजाने गरीरहेको सजिलै देख्न सकिन्छ ।  

  मैले यती भनीरहदा कुनै धर्मको वकालत र कुनै धर्मको धज्जी उडाईरहेको छैन । मैले त हाम्रो समाजमा एक धर्मले अर्को धर्मका मानीसहरुलाई सम्मान गर्नु पर्दछ भनेको नै हो । सबै ब्यक्तिलाई आफुले मानेको धर्म र आफनो गुरु नै ठुलो र महान लाग्दछ त्यो स्वभाबीक पनि हो किनकी प्राय जसो मानीसहरुले आफनै धर्म र आफनेै गुरुका कुरा मात्र सुनेका हुन्छन र त्यही वातावरणमा हुर्केका पनि हुन्छन् ।

     कुनै एक धर्मका मानीस मात्रै नैतीकवान हुन्छ भन्ने पनि होईन धर्म प्रति विश्वास नगर्नेहरु पनि नैतीकवान हुन्छन र धर्म मान्नेहरु पनि सबै नैतिकवान हुन्छन भन्ने पनि छैन।धर्म मान्ने नमान्ने सबै खाले मानीसहरु नैतिकवान पनि हुन्छन र बेईमानी पनि हुन सक्छन । 

     मानब जाति आफुले आफुलाई दाबा गर्देै प्राणि जगतको सर्वश्रेष्ठ मान्दै आएको छ । कुखुराको चल्लालाई  हेर्नुस ओथारोवाट निस्कने वित्तिकै कुद्न थाल्छ र आफनो आहारा खाना शुरु गर्दछ। कुन कनिका हो, कुन बालुवा हो, चिनेरै खान्छ हामी मानब जातीका बच्चाले त्यो सक्तैन तथापि हामी सर्बश्रेष्ठ को पादरी चाही हामी आफै गुथीरहेका छौ । यदि हामी साच्चै सर्बश्रेष्ठ प्राणि नै हौ भने कीन हामीले एकले अर्काको धर्ममाथी प्रहार गरि आफु र आफनो धर्मलाई मात्रै राम्रो भनिरहेका छौ ।

   धर्म भनेको आस्था हो जसले जुन धर्ममा पनि आस्था राख्न पाउनु पर्दछ र अरुले कसैको आस्था माथी प्रहार गर्नु हुदैन । अब हिजो भन्दा आज हामि बिबेकशिल भईसकेका छौ । कुन राम्रो कुन नराम्रो भनेर पहिलाउन सक्तछौ। हामीले आर्जन गरेको शिक्षाले अब सबैले अरुको विश्वासलाई पनि सम्मान गर्दै असल संस्कारको विकास गरौ । 

   हामी आफनो धर्म र सस्कृतीकै लागी एक आपसमा लडछौ मार्ने र मर्ने सम्मको अवस्थामा पुग्छौ तर सबैभन्दा ठुलो हामी एउटा कुरा भुल्छौँ कि हाम्रो धर्म, संस्कृति भन्दा पहिले हामी एक मानव हौँ भन्ने कुरा । एउटै कोठाको एउटैै टेबुलमा राखीएका वेद, पुराण, जब्बुर, तौरात, इन्जिल, बाइबल र कुरआन मिलेर बस्छन। यीनीहरु कहिल्यै एक आपसमा दोषरोपण गर्दैनन तर हामी मानब=================

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक