लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

आर.आर हरिकृष्ण जोश 
नेपालमा गरिबी निवारण, ग्रामीण रोजगारी सिर्जना आर्थिक समावेशीकरणको प्रमुख संवाहकका रूपमा लघुवित्त (Microfinance) क्षेत्रले झन्डै साढे तीन दशक लामो यात्रा तय गरिसकेको छ। सुरुवाती चरणमा दूरदराजका विपन्न बैंकिङ पहुँच नभएका समुदायका लागि 'वरदान' साबित भएको यो क्षेत्र पछिल्ला वर्षहरूमा भने बिभिन्न समीक्षा चुनौतीको मोडमा उभिएको छ। बजारमा देखिएका विकृति, ग्राहकको ऋणको बहुबैकीङ् र लघुवित्त विरुद्धका आन्दोलनले यसको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा संस्थाको आकार मात्र ठूलो बनाउने नम्बर गेममा अल्झिने आक्रामक व्यवसाय (Aggressive Business) होइन, बल्कि समाजमा सकारात्मक दिगो परिवर्तन ल्याउने 'प्रभावकारी व्यवसाय' (Impactful Business) आजको मुख्य आवश्यकता हो।

नेपालको लघुवित्त इतिहासलाई हेर्दा यहाँ मुख्य गरी चारवटा मोडलहरू सञ्चालनमा रहेको देखिन्छ। पहिलो हो, बंगलादेशको ग्रामीण बैंक मोडल (Grameen Model) बिनाधितो, सामूहिक जमानी केन्द्र बैठक (Center Meeting) मार्फत कर्जा प्रवाह गर्नु यसको विशेषता हो। यो मोडलले नेपालमा वित्तीय पहुँच विस्तार गर्न विशेष गरी ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्रिय बनाउन ऐतिहासिक भूमिका खेल्यो। दोस्रो सफल मोडल हो, साना किसान सहकारी मोडल (SFACL) यो समुदायमा आधारित , जहाँ सदस्यहरू आफैं मालिक आफैं ग्राहक हुन्छन्। तेस्रो, थोक कर्जा प्रदायक मोडल (Wholesale Lending) हो जसले खुद्रा लघुवित्त सहकारीहरूलाई वित्तीय स्रोत जुटाउन मेरुदण्डको काम गरेको छ। चौथो आधुनिक मोडलका रूपमा डिजिटल लघुवित्त भ्यालु चेन मोडल (Digital & Value Chain Model) भर्खरै अङ्कुरित हुँदैछ।

यी मोडलहरूका आफ्नै सबल पक्ष भए पनि पछिल्लो समय बजार हिस्सा ओगट्ने वासलात (Balance Sheet) को आकार बढाउने अन्धाधुन्ध दौड सुरु भयो। यही व्यावसायिक आक्रामकताका कारण बजारमा 'बहु-कर्जा' (Multiple Lending) को गम्भीर समस्या देखियो जहाँ एउटै ग्राहकले आफ्नो क्षमताभन्दा बढी आधा दर्जन संस्थाहरूबाट ऋण लिने परिस्थिति बन्यो। कर्जाको सदुपयोगिता जाँच नगरी केवल लगानीको लक्ष्य (Target) पुरा गर्ने मानसिकताले गर्दा उक्त रकम अनुत्पादक क्षेत्रमा खर्च हुन थाल्यो। फलतः, जुन संस्था समाजको सारथी बन्नुपर्ने थियो, त्यो कतिपय ठाउँमा मानसिक तनाव सामाजिक असन्तुष्टिको कारक बन्न पुग्यो।

अबको बाटो लघुवित्तहरूले आफ्नो उद्देश्य कार्यशैलीमा व्यापक पुनरावलोकन गर्नु नै हो । हिजोको निरक्षर बजार आजको स्मार्टफोन बोक्ने डिजिटल साक्षर बजारबीच ठूलो खाडल छ। त्यसैले, अब लघुवित्त क्षेत्र आक्रामक व्यापार बाट इम्प्याक्टफुल बिजनेश (प्रभावकारी व्यवसाय) तर्फ रूपान्तरित हुनैपर्छ। वर्तमानमा लघुवित्तको सार्थकता सिद्ध गर्न देहायका कदमहरू चाल्नु आवश्यक छ 

  • सन्तुलित वा हाइब्रिड मोडलको आवश्यकता: अब विशुद्ध व्यावसायिक वा नाफाखोर मोडल टिक्न सक्दैन। संस्था वित्तीय रूपमा दिगो पनि हुनुपर्छ त्यसले समाजमा सकारात्मक प्रभाव (Social Impact) पनि पार्नुपर्छ। अर्थात्, 'डबल बटम लाइन' (Double Bottom Line) को सिद्धान्त अनुरुप नाफा सामाजिक उत्तरदायित्व दुवैलाई सँगै लैजानुपर्छ।
  • उत्पादन रोजगारीसँग आबद्धता: केवल कर्जा लगानीको संख्या बढाएर संस्थाको आकार ठूलो देखाउने होडबाजी बन्द गरिनुपर्छ। लघुवित्तले दिएको ऋणले कति उद्यम जन्मिए, कति रोजगारी सिर्जना भयो ग्राहकको जीवनस्तर कसरी सुधारियो भन्ने कुराले मात्र लघुवित्तको सार्थकता पुष्टि गर्छ।
  • डिजिटलाइजेसन सञ्चालन खर्च कटौती: प्रविधि एआई (AI) टूल्सको प्रयोग गरी प्रशासनिक खर्च घटाउने सेवालाई छिटो-छरितो बनाउने मोडल नै भविष्यको दिगो मोडल हो, जसले ग्राहकलाई सस्तो ब्याजदरमा सेवा दिन मद्दत गर्दछ।
  • ग्राहक संरक्षण वित्तीय साक्षरता: कर्जा दिनुअघि ग्राहकको वास्तविक ऋण धान्न सक्ने क्षमताको सूक्ष्म मूल्याङ्कन (Debt Capacity Assessment) अनिवार्य गरिनुपर्छ। ग्राहकलाई वित्तीय रूपमा साक्षर नबनाई गरिने लगानी जुनसुकै मोडलमा भए पनि प्रत्युत्पादक हुन्छ।

निष्कर्ष: नेपालको अर्थतन्त्रमा लघुवित्तको विकल्प लघुवित्त नै हो, किनकि वाणिज्य बैंकहरू अझै पनि दूरदराजका सिमान्तकृत वर्गको ढोकासम्म पुग्न सकेका छैनन्। तर, हिजोको जस्तो एग्रेसीभ शैलीले यो क्षेत्रको साख अस्तित्व दुवै संकटमा पर्छ। समग्र लघुवित्त क्षेत्रलाई मर्यादित, विश्वसनीय दिगो बनाउने हो भने ग्रामीण सहकारी मोडलको अपनत्व आधुनिक डिजिटल मोडलको दक्षता इम्प्याक्टफुल बिजनेशको सामाजिक उत्तरदायित्वलाई फ्युजन (Fusion) गरेर एउटा परिमार्जित, जिम्मेवार मर्यादित वित्तीय मोडलको विकास गर्नु नै आजको मुख्य सार्थकता हो 

Comments

Popular posts from this blog

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय