सोच बदलौ राम्रा कुरालाई साथ दिउँ


आर.आर हरिकृष्ण जोशी
एउटा गाउँमा विजुली थीएन सबै टुकीकै भरमा वेलुकीको अध्यारोमा काम चलाउदै आईरहेका थीए । त्यही गाँउको एक जना युवा शहर बसेका रहेछन केही समयको अन्तराल पछी उनलाई एक चोटी गाउँ जान मन लागेछ र गाउँ जाने क्रममा उनको मनमा के कोसेली लैजाउ त गाउमा भनेर सोच विचार गरेछन लामो सोच विचार पछि मेरो गाँउमा वत्ति छैन एउटा सोलार लैजान परो र गाउलेलाई पनि टुकी भन्दा सोलार ठिक हो यसले स्वास्थ्य , केटा केटी पढन,खर्च तथा वातावरणमा पनि राम्रो प्रभाव पार्दछ भनि सीकाउन परो अनि आफनो घरमा सोलार वाली उज्यालो पनि वनाउन परो र त्यसको प्रभावले अरुले पनि सोलार हालुन भनी सोलार लैजाने निर्णय गरि सोलार लगेछन उनी जब घर पुगे र सोलार जोडे र भोली पल्ट विस्तारै अध्यारो बढदै थीयो सदाका दिनझै सबैका घरमा टुकी बल्न थाले तर एउटा घरमा सबैले देख्ने गरी वत्ति वल्न थाल्यो र विस्तारै हल्ला हुदै गयो फलानाका घरमा वत्ति वल्यो भन्दै सबै एक ठाउमा जुटे र छलफल भयो पुरै गाँउमा उसका मात्रै वत्ति वल्दा हामी सबलाई अरु गाँउका ले हेप्छन की हामी सबैले यस्तै वत्ति वाल्न परो की त्यो घरको पनि निभाईदिन परो भन्ने वहस चलेछ अधिकांस मानीसको होईन हामीलाई टुकी नै ठिक छ त्यो कहा वाट लेराउने हो कती पैसा पर्छ फेरी हामी संग पैसा पनि छैन,हाम्रा पुस्ताहरु सबै यही टुकीमा जन्मे हुर्के हामीलाई अहिले किन चाहीयो सोलारको वत्ती वरु वलेको घरको पनि वत्ति फाल्दीउ भनेर गाउले सबै मिलि फालीदीएछन र सौर्य जोडेको घरमा पनि आफनै घरको जस्तो टुकी वाल्नलाई वाध्य पारेछन ।
  हे हाम्रो समाज पनि ठयाक्कै यस्तै छ राम्रो कुरालाई साथ र सहयोग गरि समाजलाई अगाडी बढाउने सोच भन्दा नी राम्रो विचारलाई साथ दिँदा उ मात्रै अगाडी बढछ र हामी सबै पछाडी पर्छौ भन्ने सोचले गाजेको छ । तसर्थ राम्रो कुरालाई साथ र सहयोग गर्दै आफु र समाजलाई अगाढी बढाउन लागौ ।

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।