जे हुन्छ राम्रो को लागी हुन्छ ।


आर.आर हरिकृष्ण जोशी-: एक दिन मालीकले आफनो एउटा कामदारलाई बोलाई आफु जंगलमा शिकार खेल्न जान लागेको र आफु संगै उसलाई पनि लैजाने निर्णय गरेको कुरा सुनाउछ। मालीकको कुरा सुन्ने वित्तीकै उसले सहजै सहमत जनाउदछ र दुई वटा घोडा लिई उनीहरु जंगल तिर जान्छन र वाटामा जादा मालीकको घोडा वाट लडेर टाउकोमा चोट लाग्दछ र टाउको वाट रगत बग्छ अनि कामदारले भन्छ मालीक जे हुन्छ राम्रो को लागी हुन्छ हजुरको लडेर टाउको मा चोट लाग्यो र रगत वग्यो यो पनि जे भयो ठिक भयो भनेपछि मालीक रीसले चुर हुदै कामदारलाई गाली गर्दे तुरुन्त पर्कीन आदेश दिन्छ र मालीकको निर्देशन पालना पश्चात उ फर्कीन्छ र केही समय पश्चात मालीक त्याहा वाट अगाडी बढछन अगाडी बढने क्रममा केही मानीसहरुले उनलाई घेरा हाल्छन र उनलाई समातेर उनीहरुको मालीक कहाँ लैजान्छन र मालीकले खुशी हुदै समातेर लैजाने मानीसहरुलाई धन्यवाद दिदै यती चाडै समातेर लेरायौ है भन्दैै अब यसलाई हाम्रो भाकल पुरा गर्न वलि चढाउनु पर्दछ सबै तयार पार्नु भनेर निर्देशन दिन्छन । केही समय पछि आडमै रहेको उएटा ब्यक्तीले समातेर लेराएको मानीस प्रती देखाउदै आफनो मालीकलाई भन्छ मालीक साहेब यसको त टाउकोमा चोट छ चोट भएको त भगवानलाई बलि चढाउन हुन्न नी भनेपछी मालीकले उसको टाउकोमा चोट हेर्छ र चोट देखेपछि उसलाई भन्छ त भाग्यमानी रहीछस नत्र आज बलि चढथीस जा तेरो गाँउ पर्की भनेर उसलाई त्याहा वाट जान आदेश दिन्छ र उ त्याहा वाट फर्कीन्छ र मनमनै सोच्छ हो मेरो कामदारले भनेको साच्चै रहेछ यदी मलाई यो चोट नलागेको भए आज मेरो ज्यान जाने रहेछ त्यसैले जे हुन्छ राम्राको लागी हुदो रहेछ भन्दै फर्कन्छ ।

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।