खराब सोचको परिणम खराब नै हुन्छ ।

 एउटा गाँउमा चार जना चोरहरु संगै मिलेर बस्थे यदी उनीहरु कही  चोर्न जान परो भने संगै मिलेर जान्थे र जे चोरेर लेराउथे त्यो एक आपसमा बराबर भाग लगाएर बाडथे तर सबैको मनमा यदी चोर्ने क्रममा कुनै दिन अलि महंगो चिज मील्यो भने सबैलाई मारेर त्यो महंगो सामान लिएर आनन्दको जिवन बिताउछु भन्ने थियो र एक दिन चारै जना हिडदै जादा धेरै पर पुगेपछि एउटा घरमा धेरै सम्पती भएको थाहा पाएछन र चोर्ने योजनाका साथ उनीहरुले त्यो घरको सम्पती चोर्न सफल भएछन र त्यहा बाट चोरेर केही पर पुगेपछी घर धनीले पुलीसमा रीपोर्ट गरेको र पुलीसले हामलाई खोजीरहेको भन्ने थाहा पाएपछी उनीहरु नजीकैको जङ्गलमा लुक्न गएछन र केही दिन पश्चात साथमा भएको खाने कुरा सिध्दीएपछि एक आपसमा सल्लाह गरेछन र दुई जना चोरेको सम्पती कुररे बस्ने र दूई जना बजार गएर खानेकुरा लेराउने भन्ने सहमती अनुसार दुई जना खाने कुरा लिन हिडेछन जब उनीहरु बजार पुगे पहिला भन्दा पुलीसले कम खोजीरहेको भन्ने बुजेपछी उनीहरु दूई जनाले प्लान बनाएछन की तीनीहरु दुई जनालाई मारेर हामी दुईले त्यो सम्पती लिने भन्ने प्लान अनुसार दुई जना मिली लिएर जाने खानामा विष मिलाएर लगेछन र उनीहरु खाना लिएर पुगेपछी कुरेर बसिरहेका ब्यक्तीले अकस्मात खुँडा प्रहार गरी दुबैलाई मारेछन कीनकी उनीहरुले पनि त्यही बिचमा प्लान बनाएका थिए की दूई जनालाई मारेर सबै सम्पती कुम्ल्याउने । जब खाना लेराउने दुई जनालाई मारेर उनीहरु खाना खान शुरु गरे केही समय पछि उनीहरु पनि मरे कीनकी खानामा पनि विष मिलाईएको थीयो ।

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।