पाइला चाल्ने नै हो भने अगाडि चाल,
पछाडि तान्नका लागि मान्छे छन् ।
सपना देख्ने नै हो भने ठूला देख,
होच्याउनका लागि मान्छे छन् ।
सल्काउने नै हो भने भित्रको ज्वाला सल्काउ,जल्नका लागि मान्छे छन् ।
बनाउने नै हो भने सम्झना बनाऊ,
कुरा बनाउनका लागि मान्छे छन् ।
माया गर्ने नै हो भने आफैँलाई गर,दुश्मनी गर्नका लागि मान्छे छन् ।
भरोसा नै राख्नै हो भने आफैँमा राख,शंका गर्नका लागि मान्छे छन् ।
आज हाँस्नेहरू भोलि चुप लाग्नेछन्,तिमी बस् केही गरेर देखाऊ,
ताली बजाउनलाई मान्छे आफैँ जुट्नेछन् ।