लेखक परिचय

मेरो बारेमा

लेखन, विचार र अनुभवको यात्राबारे केही शब्द

R.R. Hari Krishna Joshi

लेखकको परिचय

आर.आर हरिकृष्ण जोशी

आर .आर हरि कृष्ण जोशी (आर.आर को अर्थ बुबाको नाम रेशमी राज बाट राखियको हो। जीवनलाई बुझ्ने मेरो यात्रा पेशा, समाज र व्यक्तिगत अनुभवसँग निरन्तर जोडिएको छ। आफूले देखेका, भोगेका र सिकेका कुरालाई शब्दमा व्यक्त गर्ने प्रयास नै मेरो लेखनको मुख्य आधार हो।

मानिस आफ्नो असफलताबाट पनि धेरै कुरा सिक्छ भन्ने मेरो विश्वास छ। जीवनका उतारचढाव, जिम्मेवारी र अनुभवले मलाई निरन्तर नयाँ दृष्टिकोण दिएका छन्। तिनै अनुभवलाई सरल रूपमा पाठकसँग बाँड्ने प्रयास गर्छु।

मेरो लेखनमा बैंकिङ तथा वित्त, नेतृत्व, समाज, व्यक्तिगत विकास र समसामयिक विषयहरू विशेष रूपमा आउने गर्छन्। जटिल विषयलाई सकेसम्म सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गर्नु मेरो उद्देश्य हो।

बि.स. २०६२ सालदेखी बैंकिङ क्षेत्रमा कार्यरत छु। हाल ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छु। पेशा र लेखन फरक क्षेत्रजस्ता देखिए पनि मेरा लागि यी एकअर्कासँग जोडिएका छन्। व्यावसायिक यात्रामा भेटिएका मानिस, परिस्थिति, चुनौती र सिकाइले मेरो लेखनलाई पनि समृद्ध बनाएका छन्।

हालको पद
प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
पेशा / क्षेत्र
बैंकिङ
स्थायी ठेगाना
भानु–११, तनहुँ, नेपाल
हालको स्थान
पोखरा, नेपाल

✦

लेखनको दृष्टिकोण

मेरो लेखन जीवन र समाजलाई नजिकबाट नियाल्दा प्राप्त अनुभव, सिकाइ र विचारहरूको अभिव्यक्ति हो। सकारात्मक सोच, कर्मप्रतिको विश्वास र निरन्तर प्रयासले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने मेरो विश्वास छ। आफ्ना अनुभव र विचारलाई सरल रूपमा प्रस्तुत गर्दै पाठकलाई सोच्न, सिक्न र जीवनलाई सकारात्मक रूपमा हेर्न प्रेरित गर्नु मेरो लेखनको उद्देश्य हो।

— हरि जोशी

✦

विषयहरू

✦

प्रकाशित लेखहरू

विभिन्न पत्रपत्रिका, अनलाइन पोर्टल तथा म्यागजिनमा प्रकाशित लेखहरू।

✦

यहाँका लेखहरू

विचार, विश्लेषण र समसामयिक विषयमा प्रकाशित लेखहरू पढ्नुहोस्।

लेखहरू हेर्नुहोस् →

विचार आदानप्रदान गर्न चाहनुहुन्छ?

सम्पर्क गर्नुहोस् →