आर .आर हरि कृष्ण जोशी (आर.आर को अर्थ बुबाको नाम रेशमी राज बाट राखियको हो। जीवनलाई बुझ्ने मेरो यात्रा पेशा, समाज र व्यक्तिगत अनुभवसँग निरन्तर जोडिएको छ। आफूले देखेका, भोगेका र सिकेका कुरालाई शब्दमा व्यक्त गर्ने प्रयास नै मेरो लेखनको मुख्य आधार हो।
मानिस आफ्नो असफलताबाट पनि धेरै कुरा सिक्छ भन्ने मेरो विश्वास छ। जीवनका उतारचढाव, जिम्मेवारी र अनुभवले मलाई निरन्तर नयाँ दृष्टिकोण दिएका छन्। तिनै अनुभवलाई सरल रूपमा पाठकसँग बाँड्ने प्रयास गर्छु।
मेरो लेखनमा बैंकिङ तथा वित्त, नेतृत्व, समाज, व्यक्तिगत विकास र समसामयिक विषयहरू विशेष रूपमा आउने गर्छन्। जटिल विषयलाई सकेसम्म सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गर्नु मेरो उद्देश्य हो।
