बाबु: छोरा हेर त त्यस घरमा कस्तो मिmलिमिली छ त्यहा चोर्न पर्छ भनेछ

छोरा: लाईट बाल्दै बाबुको पछि लागेछ ।

बाबु: बिस्तारै गर यो घरमा मैले पहिला पनि धेरै चोटी चोरीसकेको छु यसका सब परिवार मिलेर खुब काम गरेर पैसा कमाउछन्

छोरा: नजिकै पुगेर बत्ति बालेर हेरेर बस्छ

बाबु: जा ढिलो नगर सीरानीमा चापी राख्छन पैसा झिकेर लेरा

छोरा: नै बाबु तपाईले पहिला पटक पटक चोर्दा पनि यो घर यस्तो उज्यालो छ र तपाईले पटक पटक चोर्दा पनि हाम्रो घर अध्यारो छ र आज चोर्दा पनि यो घरको उज्यालो यस्तै रहन्छ र हाम्रो घर अध्यारौने रहन्छ त्यसैले नचोरौ बुबा हामी पनि मेहनत गरौ यस्तै हाम्रो घर पनि उज्यालौ बनाउ भने पछि बाबु ले आखाभरि आशु निकाल्दै भनेछ हो बाबु आज बाट म पनि यो काम गर्न छोडछु र अब आफनै घरमा गई मेहनत गरौ र घर उज्यालो बनाउ भनि बाबु छोरा त्याहा बाट नचोरी हिडेछन . हो ढाटेर र चोरेर जिन्दगि चल्दैन मेहनत गरौ परिश्रम मा भर परौ