जागीर की मालीक सोच तपाईकै ।

                 

      एउटा कार्यालयमा दुई जना साथीहरु लामो समय देखी संगै काम गरीरहेका रहेछन र केही समयको अन्तराल पछि दुबै जना रिटार्यड भएछन र त्यो मध्ये एक जना साथीले आफनो कम्पनी खोली काम गर्न शुरु गरेछन र त्यसको केही समय पश्चात संगै रिटायर्ड भएको कर्मचारी लाई पनि जागीर खान मन लागेछ र उही पुरानो साथीकहा गई भनेछ म पनि तिम्रो कम्पनीमा जागीर गर्छु मलाई जागीर देउ भनेपछि उसले हार्न नसकेर साथीलाई पनि जागीर दिएछ र त्यसको तिन महिना पछि जागीर खाने साथीले कम्पनीको मालीक साथीलाई भन्छ साथी तिमि र म शूरुमा जागीर खादा तिमले र मैले बराबर तलब खान्थ्यौ हामी दुबै अरुको नोकर थीयौ तर आज समयको अन्तरालमा तिमि र म मा फरक भएको छ तिमि मालीक र म नोकर भनेपछि कम्पनीको मालीक साथीले भन्छ म यो कुरा गर्ने पक्षमा थिईन तिमिले निकालीहाल्यौ सुन हो तिमि र म शुरुदेखीनै एउटै कम्पनीमा काम गरयौ तीमीले र मैले बराबर तलब खायौ तीमीलाई याद हुन पर्दछ १५ बर्ष अघि तिमि र म घर फर्कदै गर्दा मैले एक दिन भनेको थीए साथी आज कार्यालयमा पंखा र वत्ति निभाउन भुलीएछ जाँउ निभाएर आउ भन्दा तिमीले भनेका थीयो २ कि.मि हिडिसकीयो अब जान २ कि.मि र फर्कीन २ गरी ४ की.मी हुन्छ मालीककोे त हो नी छोडदेउ भन्दा म कार्यालयमा गई पंखा र वत्ति निभाएको थीए कीनकी मैले जागीरनै खाए पनि मालीकर्नै हु भनेर काम गरे तर तिमिले जागीरे हु भनेर काम गरयौ मैले त्यो बेला देखी मालीकनै हु भनी सम्झेर काम गरको थीए र आज मालीकनै हूँ तर तिमि ति दिनमा पनि जागीरे मानसीकता मात्र थीयो र आज पनि तिमि जागीरे छौ भनेपछि साथी केही पनि नभनी त्याहा वाट हिडछ ।
हे जब जागीरे मात्र हुँ भनेर लगाएको र अह्राएको मात्र काम गर्छौ नी जिवन प्रगतीको पथमा हिडाउन मुस्कील हुन्छ र संगैका साथीहरु आफु भन्दा धेरै अगाडी बढीसकेका हुन्छन । भेट भएको वेलामा वितेका पलहरुको सम्मmना गर्न वाहेक अरु केही गर्न सकिदैन । तसर्थ जहाँ छौ जे गरिरहेका छौ आफनै सम्झीएर काम गरौ अगाडी अवश्य वडिन्छ ।


Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक